रूपन्देहीमा महानगर बनाउँदै छौं – अर्थमन्त्री पौडेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् ।

0

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु  पौडेलले उद्घाटन गरेका छन् । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गरेको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उनले  आफैंले उद्घाटन गरेका हुन ।भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले आगामी निर्वाचनसम्म रूपन्देहीमा महानगरपालिका बन्ने बताए । निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गरे ।

‘आगामी निर्वाचनमा हामीले महानगरका लागि मत माग्छौं । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, देवदह सिद्धार्थनगरलाई मिलाएर महानगर बनाउँछौं,’ पौडेलले भने ।तिलोत्तमा रुपन्देहीकै केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उनले स्पष्ट पारे । उनले अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकास हुने बताए ।

तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै उनले नगर प्रमुख, उप–प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गरे ।तिलोत्तमाले देशभरका पालिकाहरुमा याद गरिने, आश गरिने नगरपालिकाको पहिचान बनाएको बताउँदै अर्थमन्त्री पौडेलले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पारे ।

नयाँ नगरपालिका भए पनि तिलोत्तमाले गरेका कामहरु निकैं प्रभावकारी रहेको चर्चा गर्दै उनले यसले विकासको मानक स्थापित गरेको बताए ।रुपन्देही देशमैं विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गरे । तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै तिलोत्तमा अब अघि नै बढिरहने बताए ।

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पुर्याउने उनको विश्वास छ । उनले रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने गेम चेञ्जर परियोजनाहरुले जिल्लाको मुहार फेर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here