वाणिज्यका नासु चन्द र लेखापढी व्यवसायी दाहाल घुससहित पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्द घुससहित रंगेहात पक्राउ परेका छन्।

0

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्द घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले चन्दलाई सेवाग्राहीबाट घुसबापत लिएको आठ हजार रुपैयाँसहित आइतबार पक्राउ गरेको हो।

सेवाग्राहीलाई शेयर पुँजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुस लिएको अवस्थामा चन्दलाई पक्राउ गरिएको अख्तियारले जनाको छ।

दाहालले सेवाग्राहीबाट लिएको घुसबापतको रकम चन्दलाई बुझाएको अवस्थामा उक्त रकमसहित विभाग परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here