सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गर्छ ??

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुन:स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

0

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुन:स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयको अन्तर्क्रियामा उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने विश्वास व्यक्त गरे । कुनै कानुनी तथा संवैधानिक आधारबिनै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावनाअनुसारै व्याख्या गरेर पुन:स्थापना गर्ने विश्वास रहेको बताए ।

वरिष्ठ नेता पौडेलले कुनै नेताको महत्त्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधिसभामाथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृत्तिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताए । संविधानमा संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफूहरु अदालतमा गएर बहस गर्नुपर्छ भने पनि तयार रहेको बताए ।

उनले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रित भएर पनि आउनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here