कांग्रेस-एमाले वार्ता : दुई दलको वार्तामा सहमति भएमा पाँचदलीय गठबन्धन टुट्ने !!

दुई दलको वार्तामा सहमति भएमा पाँचदलीय गठबन्धन टुट्ने छ भने एमसीसी संसदबाट अनुमोदनका लागि एमालेले साथ दिनेछ ।

0

फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि सत्तारुढ दलबाटै साथ नपाएपछि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल नेकपा एमालेसँग थालेको वार्ता सहमतितर्फ उन्मुख देखिएको छ । दुई दलको वार्तामा सहमति भएमा पाँचदलीय गठबन्धन टुट्ने छ भने एमसीसी संसदबाट अनुमोदनका लागि एमालेले साथ दिनेछ ।

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्न बोलाइएको प्रतिनिधिसभा बैठक रोक्न लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवनमै भेटेका थिए । एमसीसीलाई सैद्धान्तिक छलफलसँगै अस्वीकृत गर्ने खेल भएपछि बिहीबारको बैठक रोकेर एमालेसँग सम्वाद थालेको कांग्रेस नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here