एमालेले चयन गर्‍यो सात वटै प्रदेशका कमाण्डर

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।

0

नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज तोकेका हो । एमाले नेताहरुका अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी देवराज घिमिरेले पाएका छन् भने प्रदेश २ को जिम्मेवारी रघुवीर महासेठले पाएका छन् । त्यसैगरी वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज भएका छन् ।


आइतबारको बैठकले केही नेताहरुको कार्यविभाजन समेत गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।

त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारी र स्कुलमा विभागको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । एमालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भएका छन् । युवा नेता योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारीमा पुगेका छन् ।


त्यसैगरी ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान,युवराज ज्ञवाली स्थानीय तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय,रामबहादुर थापा बादल राष्ट्रिय सुरक्षा,विष्णु पौडेल पार्टी संगठन अनुगमन, सुवास नेम्वाङ संसदीय अनुगमन, सुरेन्द्र पाण्डे राजकीय मामिला र विष्णु रिमालले आर्थिक लेखाकोे जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here