पोखरा विश्वविद्यालयमा अनियमितता भएको भन्दै नेविसंघले जनायो आपत्ति

विश्लविद्यालय दिने गरेको छात्रवृतिमा अनियमितता भएको नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको आरोप छ ।

0

पोखरा । नेपाल विद्यार्थी संघ (नेवि संघ)ले पोखरा विश्वविद्यालयमा आपत्ति भएको भन्दै आपत्ति जनाएको छ । विश्लविद्यालय दिने गरेको छात्रवृतिमा अनियमितता भएको नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको आरोप छ ।

पोखरा बिश्वबिद्धालयले हरेक बर्ष लिने गरेको छात्रवृत्ति प्रवेश परीक्षामा अनियमित भएको बिषयमा छात्रवृत्ति प्रवेश परीक्षा समिती संयोजक हरि बहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मेहेनती र जेहेनदार विद्यार्थीले छात्रवृति नपाउँदा मनोवैज्ञानिक असर परेको नेवि संघ इकाइ समिति पियूका विमान प्रधानले बताए । विश्वविद्यालयको यस किसिमको प्रवृति गैरकानुनी रहेको भन्दै उनले आपत्ति जनाए ।

यथा सिघ्र छानबिन होस र दोसिलाई कडा भन्दा कडा कारबाही होस ्र नेविसंघ पोखरा विश्वविद्यालयका उप सभापति अनिष बस्नेतले बताए । सत्य छानबिन गर्न नेवि संघले छात्रवृति परिक्षा समितिसँग जोडदार माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here