ड्राइभिङ स्कुल संघ गण्डकीमा बसन्त

सवारी प्रशिक्षण दिने ड्राइभिङ स्कुलहरुको संस्था ड्राइभिङ स्कुल संघ नेपालले गण्डकीमा पनि प्रादेशिक संंगठन बनाएको हो ।

0

पोखरा । ड्राइभिङ स्कुल संघ गण्डकीको अध्यक्षमा बसन्त भट्टचन चयन भएका छन् । सवारी प्रशिक्षण दिने ड्राइभिङ स्कुलहरुको संस्था ड्राइभिङ स्कुल संघ नेपालले गण्डकीमा पनि प्रादेशिक संंगठन बनाएको हो ।

सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष भट्टचनको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तुलबहादुर ठकुरी, उपाध्यक्ष हर्कबहादुर गुरुङ, सचिव बासु कोइराला, सहसचिव विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा नवराज तिवारी चयन भएका छन् । यस्तै सदस्यमा आरसी पौडेल, नारायण थापा, विष्णु पन्त, अर्जुन केसी, सुर्यप्रसाद पौडेल, सुस्मिता थापामगर, भीमलाल खरेल, भीमलाल खरेल र विरेन्द्र भुर्तेल रहेका छन् ।

संघ नेपालका संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मी संयोजक र मोहबनबहादुर गुरुङ, उमेश सिके र सरोज केसी, महेश पौडेल र नारायणप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here