८ चैत, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।माघ १६ गते नै अस्पतालमा भर्ना भएकी उनलाई कोरोना पुष्टि भएपछि कोभिड आइसोलेसनको आईसीयू कक्षमा राखेर उपचार थालिएको थियो ।
रोगको प्रकृति अनुसार प्लाज्मा थेरापी, रेमडेसिभिर लगायत सबै प्रकारको आवश्यक सपोर्टमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि आइतबार बिहान २ः३८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।