तरुण दलका अध्यक्ष बस्नेतलाई पोखरामा भव्य स्वागत

0
तरुण दलका अध्यक्ष बस्नेतलाई पोखरामा भव्य स्वागत

पोखरा । नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल तरुण दलको केन्द्रिय अध्यक्ष जितजंग बस्नेतलाई तरुण दल पोखरा महानगरद्वारा भव्य स्वागत गरिएको छ । तरुण दल पोखरा महानगरले उनलाई स्वागत गरेको हो ।

स्याङ्जाको कार्यक्रम आम सभा सकेर काठमाडौं फर्किने क्रममा रहेका बस्नेतसङ्ग देशको सम सामयिक राजनैतिक घटनाक्रमको बारेमा छलफल तथा भावी दिनमा तरुण दलले खेल्नुपर्ने भूमिकाको बारेमा पनि गम्भीर छलफल भएको थियो । अध्यक्ष बस्नेतले तरुण दल पोखरा महानगरका सदस्य तथा कार्यकर्तालाई जागरुक भएर लाग्न समे निर्देशन दिएका थिए ।

तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र पदाधिकारी सहितको उक्त भेटघाट मा तरुण दल कास्कीका भेला तथा महाधिवेशन प्रतिनिधि सुरजजङ्ग राणाले स्वागत गरेका थिए। उक्त भेटघाटको जानकारी तरुण दल पोखरा महानगरका सचीव पदम जङ्ग गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here