निफ्राको (NIFRA) सेयर नकारात्मक सर्किट

लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो ।

0

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेको भएपनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा झरेको थियो ।

मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भएपनि खरिद गर्ने लगानीकर्ता भने शून्य छन् । यो समाचार तयार पार्दासम्म (१ः२ बजे) सम्म सेयर बजारमा ८४ अंकको गिरावट छ । सबै समूह ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here