झापामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0

झापाको शिवसताक्षीमा पिकअप भ्यानको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका वडा नं १ बस्ने ३० वर्षीय राजकुमार फेवादिन लिम्बूको पिकअप भ्यानमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

वडा नम्बर १ धरमपुर पाराबारीस्थित भित्री सडकमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा फेवादिनको आज दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पनि पुष्टि गरेको छ।

प्रहरीका अनुसार पिकअप चालक सिरहा गोलबजार बस्ने मनोज यादव फरार छन्। पिकअपलाई भने इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here