बैदेशीक रोजगारी संगै आईरहेको बिकृती

आफ्ना अनेकौ इच्छा र आकङछयालाई बिर्स्याउदै परदेशमा अरुको गोठालो बन्न बाध्य भइरहेका छन् ।

0

देशमा युवा बेरोेजगारी बढदो अबस्थामा छ देश को अर्थतन्त्र गिरदो अवस्थामा छ। यधपी यो सरकार कानमा तेल हालि बसी रहेको छ । रोजगार त परको कुरा हो नेपाल सरकारले परदेसीने युवा सक्तीले पठाएको रेमीटान्सको पनि सही सदुपयो गर्न सकीरहेको छैन। आज युवा शक्तीले पठाएको रेमीटान्स अनुउत्पादन ठाउमा खरचीएको छ । तर नेपाल सरकारले आफनो लाचारी पन देखाइ राखेको छ । साचै भन्दा र सुन्दा अचम्म लाग्न सक्छ । यो देश जलसोत्रको विश्वमा दोस्रो स्थानमा पर्दछ । तर अहीसम्म यो लोडसेडीङ मुक्त हुन सकेको छैन । वास्तबमा नेपाल कपी र किताबको पानाहरुमा मात्र जलसोत्रको धनी देशको रुपमा रहेको छ। हाम्रा सम्पदाहरु र तिनीहरुको बिकास बिस्तार र सम्भार अनी प्ररचार हुन नसकेको कारणले गर्दा पनि देश बिकासको गतितिर जान नसकेको भन्ने मनसाय केहीको पाइने गरीन्छ । आज युवा शक्ति बैदेशिक रोजगारीमा होमीन पुगेको छ ।आफ्ना अनेकौ इच्छा र आकङछयालाई बिर्स्याउदै परदेशमा अरुको गोठालो बन्न बाध्य भइरहेका छन् ।

मानिसका अनेकै इच्छा र चाहानालाई बन्धनमा राख्दै अरुको जमीनमा उट चराइरहेको छ । सायद उसका पनि अनेकौ इच्छा थिए होलान । आफनै देशमा परीवारसगै बसेर, ति आज बोके र सीरु उम्रीरहेका खेत बारीमा हरीयाली पन ल्याउने सगै आफनो परीवार जहान केटाकेटीसंग रमाउने तर ति सपनाहरु केबल सपनामै रहीरहेका छन । बैदेशीक रोजगारीले आज प्राय गाउंघरहरु खाली छन । आजभोली मर्दा मलामी र पर्दा जन्तीको अभाब हुन थालेको छ । गाउतीरका ति घरहरु आज बालगृह र बृद्ध आस्रम बनेका छन । युवाहरु अनेकौ सपना र अभीलासा बोकेर अरबको खाडीमा जान तयार छन । हुन त तत्कालको अबस्था हेरर्ने हो भने पनि देश उनै बैदेशीक रोजगारमा गएका युवाले पठाएको रेमीटान्स बाट चलीरहेको छ । आइरहेको पैसा सगै बिभीन्न समस्या सगै समधान गर्न चुनैतीहरु पनि थपिएका छन । पछील्लो अबस्थामा श्रीमान बिदेश भएको बेला नेपालमा उनैका श्रीमतीहरु गैरजीम्मेवारी पन देखाउदै उक्त पैसा अनुउत्पादक ठाउंमा वा बिलासीताको समान मा खर्च गरेको पाईन्छ र केही पुरुस भने बाहिरी सस्कृतिले नराम्रोसग कुलतमा फसेको पाईन्छ सगै अनैतीक कियाकलापले गर्दा बिभीन्न देशको जेलहरुमा नेपालीहरुले सजाए काटेको सुन्नमा पाइन्छ ।

यधपी सबै युवालाई देश भित्र रोजगार दिन नसकेनी सरकारले कमसेकम बैदेशीक रोजगारमा जाने युवा शक्तिलाई उचीत वाताबरण सिजर्ना गरी युवाहरुलाई बिभीन्न किसीमका तालिम दिई दक्ष्य जनशक्ति उत्पादन गरी बैदेशीक रोजगारमा पढाउन सकिन्छ । तर बर्तमान अबस्थामा बैदेशीक रोजगारीमा युवाहरु नबुजी जादा नेपालमा एउटा काम भनि गएको र अर्को काम पर्ने गरेको पाइन्छ । यस्तो हुन नदिनको लागी सरकारले बिभीन्न तरीकाले जनचेतना मुलक र सीपमूलक कार्यक्रम बेलाबेला गर्नु पर्ने देखिन्छ ।

-लेखक
अन्जली पौडेल छेत्री
जनस्वास्थ्य दोस्रो वर्ष बिद्यार्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here