नेपालसहित छिमेकी देशलाई आजबाट कोरोनाको खोप उपलब्ध गराउँदै भारत

0

नयाँदिल्ली: भारत सरकारले नेपाललाई आजबाट कोभिड विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाल सहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई खोप उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

कति मात्रामा खोप उपलब्ध गराउने बारे जानकारी भने आएको छैन । भारतीय मिडियाका अनुसार भारतका अन्य केही छिमेकी देशहरुलाई पनि सम्बन्धित देशले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने बताइएको छ ।

भारतले अनुदानको रुपमा उक्त खोप उपलब्ध गराउन लागेको हो । भारतले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । अग्रमोर्चामा खटिने कामदार सहित जोखिममा रहेका नागरिकहरुलाई यही सातादेखि खोप लगाउन सुरु गरेको हो ।

नेपालले भने यसअघि नै ६० लाख मानिसका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा देखाएको थियो । भारतमा खोप लगाउन सुरु भए पनि दोस्रो स्वरुपको कोरोनाको संक्रमण सुरु भएसँगै थप चुनौती पनि थपिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here