स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद

0

काठमाडौँ, २३ जेठ । अव स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here