देशभर परीक्षा केन्द्र थपि परीक्षा संचालन गर्न त्रिविको तयारी

विद्यार्थीलाई सहज तरिकाले परीक्षा दिन प्रबन्ध मिलाउन विश्वविद्यालयले यसपटक परीक्षा केन्द्र थप गर्ने भएको छ ।

0

त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा केन्द्र थपिने
विद्यार्थीलाई सहज तरिकाले परीक्षा दिन प्रबन्ध मिलाउन विश्वविद्यालयले यसपटक परीक्षा केन्द्र थप गर्ने भएको छ । यसपटक स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालनका लागि देशभर करिब तीन सय केन्द्र थपिने तयारी गरिएको छ । गत वर्ष २४० वटा परीक्षा केन्द्र तय गरिएको थियो ।
मनाङबाहेक सबै जिल्लामा विश्वविद्यालयले परीक्षा केन्द्र राख्ने जनाएको छ । जिल्ला हेरी न्यूनतम एक र बढीमा सातवटासम्म परीक्षा केन्द्र तय गरिने जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । स्नातक तह प्रथम वर्षको परीक्षा सकेपछि भदौबाट अन्य तहका परीक्षा क्रमशः सञ्चालन गर्दै जाने योजना विश्वविद्यालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here