इसेवामार्फत आइपिओ भर्न पाइने

0

सिन्धुपाल्चोकबासीलाई मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ।

जिल्लाको आयोजना प्रभावित क्षेत्र र प्रभावित क्षेत्रबाहेक जिल्लाबासी सबैका लागि आइपिओ खुलेको हो। आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओ खुलेको हो। 

आयोजना क्षेत्र प्रभावित भएकाको हकमा प्रमाणित खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपी र नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी चाहिन्छ। 

त्यस्तै प्रभावितबाहेक जिल्लाबासीका हकमा वैशाख १३ गते अगावै बसाइसरी आएको प्रमाण खुल्ने स्थानीय तहले लेखेको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी पनि चाहिन्छ।

त्यस्तै बाहिरी जिल्लाबाट विवाह गरी आउने महिलाको हकमा निजको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी चाहिन्छ। 

न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँको आवेदन दिन सक्ने छन्। अधिकतम ४ सय अर्थात ४० हजार रुपैयाँको आवेदन दिन सक्ने छन्। 

चाँडोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिने मिति तय गरिएको छ। 

कहाँबाट दिने आवेदन?
स्थानीय तथा प्रभावितका लागि आइपिओ भर्नका लागि पहिलो पटक अनलाइनको व्यवस्था भएको छ। इसेवामार्फत पनि प्रभावितले आइपिओ भर्न पाउने व्यवस्था गरिएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका छविराज पौडेलले जानकारी दिए। 

प्रभावितका लागि पहिलो पटक इसेवाबाट आइपिओ भर्न पाउने व्यवस्था भएको हो। इसेवाका अलवा आफ्नो बैंक खाता भएको शाखाबाट फारम भरेर पनि आइपिओ भर्न सकिनेछ। 

हकप्रद तथा सर्वसाधारणका लागि आइपिओ भर्नका लागि सिडिएससीले ‘मेरो सेयर’ संचालनमा ल्याएको छ। तर प्रभावितले भने यसबाट भर्न पाउने व्यवस्था हुन सकेको छैन।  

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार स्थानीय र प्रभावित भनेर पुष्टि गर्ने आधार चाहिने भएकाले मेरो सेयर अनलाइनबाट भर्ने व्यवस्था हुन नसकेको हो। 

प्रभावित क्षेत्रका अविवाहित नारीले आइपिओ भर्न पाए पनि विवाह भएर अन्य क्षेत्रमा गइसकेकाले पाउँदैनन्। तर विवाह भएर प्रभावित क्षेत्रमा आएकी नारीले भने आइपिओ भर्न पाउने व्यवस्था छ। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। जसमा चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here