क्रियटिभ ग्रुप, पो.वि.वि को कमिटी बिस्तार

स्कुल अफ इन्जिनियरिङ्ग मा मात्र सिमित रहेको ग्रुपको कार्यसमिती ले ग्रुपलाइ बिस्तार गर्दै स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स र स्कुल अफ बिजिनेश मा ग्रुपको संयोजक र सह-संयोजक तोकेको छ।

0

करिवन पछिल्लो ४ बर्ष देखि पोखरा बिश्वबिधालयमा गैरराजनितिक, गैरनाफामुलक ढङ्गले शैक्षिक का साथसाथै अतिरिक्त क्रियाकलाप गराउदै बिधार्थी भित्र लुकेका कला लाई बिश्वबिधालय र देशसामु चिनाउने एउटा माध्यम बनेको क्रियटिभ ग्रुप, पो.वि.वि को यहि मिति २०७८/०१/१७ गते अनलाइन को माध्यम बाट बसेको बैठक बाट कमिटी बिस्तार गरिएको छ। स्कुल अफ इन्जिनियरिङ्ग मा मात्र सिमित रहेको ग्रुपको कार्यसमिती ले ग्रुपलाइ बिस्तार गर्दै स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स र स्कुल अफ बिजिनेश मा ग्रुपको संयोजक र सह-संयोजक तोकेको छ।

क्रियटिभ ग्रुप, पो.वि.वि का अध्यक्ष अशोक भट्ट का अनुसार ग्रुपले हिजोका दिनमा सम्पुर्ण बिधालय र बिश्वबिधालय लाई समेट्दै कार्यक्रम गर्दै आएको र सबै बिधार्थी को चाहना अनुरुप केन्द्रिय कलेजमा ग्रुपको बिस्तार गरिएको जनाएका छन भने हामी सङ्ग कुरा गर्दै ग्रुपका सह-सचिव दिपा तिवारि र बिकल्प श्रेष्ठ ले यदि बिधार्थी को माग आएमा अरु धेरै सम्बन्धन प्राप्त कलेज हरुमा पनि कमिटि बिस्तार गर्ने बारेमा ग्रुप पोजिटिभ रहेको कुरा बताएका छन ।

अनलाइन कार्यक्रम ग्रुपका सचिव मदन साउँद ले चलाएका थिए जसमा उनले आफू ग्रुपको बिस्तारको बारेमा धेरै खुशी रहेको र आज तोकिनुभएका संयोजक र सह-संयोजक हरुले आफ्नो स्कुल लाई समेट्दै ग्रुपलाइ आगामी दिनमा अझै बडि सफल बनाउनेमा आफू बिश्वस्त रहेको कुरा जनाएका थिए। अनलाइन कार्यक्रमा स्वागत मन्तव्य राख्दै ग्रुपका कोषाध्यक्ष सिद्धान्त श्रेष्ठ ग्रुपका आउने दिनमा गरिने कार्यबिधी के कस्तो हुनसक्छ भनेर प्रष्ट पारेका थिए। अनलाइन कार्यक्रममा अतिथि का रुपमा ग्रुपका संस्थापक उपाध्यक्ष सुवाश पौडेल, संस्थापक सचीव योगेश बिष्ट, निवर्तमान अध्यक्ष जीवन राज बिष्ट थिए ।

ग्रुपको बिस्तार यश प्रकार भएको छ:

१. स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स

संयोजक: कामना भट्टराइ

सह-संयोजक: एलिना शर्मा

२. स्कुल अफ बिजिनेश

संयोजक: प्रदिप ज्ञवाली

सह-संयोजक: अनुशा ज्ञवाली

अन्तिममा कार्यक्रमलाइ समापन गर्दै ग्रुपका अध्यक्ष भट्ट ले ग्रुपले गर्दै आएको PU Fest-2021 को तयारी भहिरहेको र अब केही दिनमा PU Fest-2021 का केही पुर्व कार्यक्रम हरु गरिने कुरा जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here