आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा

0

कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो। यो निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्नेछ। त्यसपछि पुन: एक साता निषेधाज्ञा गर्ने तयारी छ।

प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ।

मर्निङवाक गर्न गएका र मास्क नलगाएकालाई ठाउँठाउँमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ। सडकमा कम सवारी साधन गुडेका छन्।

सार्वजनिक सवारी साधन चलेका छैनन्।

जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्था, बीमलगायत कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाउन दिने भनेको छ। 

केही मानिस हिँडेरै गन्तव्यतिर लागेका देखिन्छन्। 

हेर्नुस् के-के चल्न पाउँछन्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here