सरकारले सीमा नाकामा आवतजावत रोकेन, किन?

नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

0

भारतमा कोरोनाभाइरसको संक्रमण बढेर नेपालमा पनि फैलिरहेको र सीमा नाकामा बन्द गरिनुपर्ने आवाज उठ्दै आएपनि सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  भारतसँगको स्थल सीमा  नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सीमा नाका भएर नेपाल भित्रिने नागरिकको ‘जस्टिफाइ’ स्थानीय प्रशासनले गर्ने गरी सीमा व्यवस्थापन गरिने मन्त्री ज्ञवालीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here