बैतडीमा भेटियो दोस्रो फलाम खानी

फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ ।

0

बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष  गगनसिंह धामीले बताए । फलामखानी भएको स्थान पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा   रहेको छ ।

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा  खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट   कम्पनीका श्याम अधिकारीले बताए ।अधिकारीले भने, “८० प्रतिशतसम्म  फलाम भेटिएको  छ । विस्तृत अध्ययन   भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here