बलिवुडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

काठमाडौँ । बलिवुडकी चर्चित अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको छ ।

0

काठमाडौँ । बलिवुडकी चर्चित अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको छ ।

उनका पति एवं अभिनेता अनुपम खेरले सामाजिक संजालमार्फत खेरलाई मल्टिपल माइलोन नामको ब्लड क्यान्सरले पिडित भएको र अहिले उपचार भइरहेको जानकारी दिएका छन् ।

यसअघि विजेपीका चण्डीगढका अध्यक्ष अरुण सुदले खेरलाई ब्लड क्यान्सर खुलासा गरेका थिए ।

अनुपम खेरले आफ्नी पत्नी किरणको  स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिदै उनी सधै फाइटर भएको बताउदै उनी अहिले क्यान्सरसँग लडिरहेको बताएका छन् ।

अनुपम र किरणको सन १९८५ मा विवाह भएको थियो । दुवै भारतीय सिनेमाका उत्कृष्ट अभिनेता अभिनेत्रीमा गनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here