इञ्जिनियरिङ कलेजमा पढ्न विद्यार्थीलाई कलेजले नै बैंक लोन मिलाइदिने

जनकपुर इञ्जिनियरिङ कलेजमा पढ्न विद्यार्थीलाई कलेजले नै बैंक लोन मिलाइदिने

0

सर्लाहीका चन्द्रदेव मल्ली ‘डोम’ समुदायका पहिलो इञ्जिनियर हुन्। पिछडिएको समुदायमा हुर्किएका उनलाई २०६६ सालमा जनकपुर इञ्जिनियरिङ कलेज (जेइसी) ले छात्रवृत्तिमा पढायो।

‘पढाइ राम्रो भए पनि आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न उहाँलाई गाह्रो भएको थियो,’ जेइसीका सिइओ तथा अध्यक्ष डा. अर्जुनकुमार सिंहले भने, ‘आर्थिक अवस्था कमजोर भयो भन्दैमा पढाइ रोकिनु हुँदैन भन्ने मान्यतामा हामी हिँडेका छौं। त्यसैले, क्षमता भएका विद्यार्थीलाई विभिन्न कार्यक्रमअन्तर्गत पढाइमा सहयोग गरिरहेका छौं।’

जेइसीले चन्द्रदेवजस्तै विपन्न र क्षमता भएर पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ। कलेजको नाम त्यसै जनकपुर इञ्जिनियरिङ कलेज भएको होइन। २०६३ सालमा जनकपुरमै यो कलेज स्थापना भएको थियो। तर राजनीतिक कारणले २०६५ सालमा स्थानान्तरण भई काठमाडौंस्थित तीनकुनेमा सञ्चालनमा आयो। पछि आफ्नै पूर्वाधारहरू विकास गरेर २०७५ सालदेखि भक्तपुरस्थित, ताथलीबाट सञ्चालन हुन थाल्यो।

तर भक्तपुर सबै विद्यार्थीलाई पायक परेन। त्यसैले, यही सालदेखि कलेज ललितपुरस्थित कुपन्डोलमा सरेको छ। नेपालमा इञ्जिनियरिङ अध्ययन धेरैको रोजाइको विषय हुनुअघि नै स्थापित यो कलेजले नेपाली समाजमा इञ्जिनियरिङ विकासका लागि महत्वपूर्ण योगदान दिएको कलेज प्रशासनको भनाइ छ।

जेइसीमा तीन संकायमा पढाइ भइरहेको छः सिभिल इञ्जिनियरिङ (९६ सिट), कम्प्युटर इञ्जिनियरिङ (४८ सिट) र इलेक्ट्रोनिक्स एन्ड इन्फर्मेसन इञ्जिनियरिङ (४८ सिट)।

‘देश विकासका लागि इञ्जिनियरिङ अध्ययन आवश्यकता बनेको समयमा हामीले इञ्जिनियरिङलाई मात्र प्राथमिकतामा राखेर पाठ्यक्रम सुरू गर्‍यौं,’ अध्यक्ष सिंहले भने, ‘बर्सेनि सयौं योग्य इञ्जिनियरहरू जन्माउनु नै हाम्रो उपलब्धि र योगदान हो।’ 

इञ्जिनियरिङका लागि धेरै विद्यार्थी विदेशका विश्वविद्यालयमा आकर्षित देखिन्छन्। तर रोजगार क्षेत्रमा त्रिभुवन विश्वविद्यालयमा पढेका ८० प्रतिशत विद्यार्थी पाइएको उनी बताउँछन्। जेइसी पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हो।

यो कलेज आइओई (इन्स्टिच्युट अफ इञ्जिनियरिङ) र इञ्जिनियरिङ काउन्सिको मापदण्ड अनुसार सञ्चालन भइरहेको छ। झन्डै १५ वर्षको अनुभव आधारमा विद्यार्थीलाई आवश्यक ल्याब, दक्षता प्राप्त शिक्षकहरूबाट पढाइ र फिल्ड भिजिटहरूसमेत कलेजले लैजान्छ।

जेइसीका विद्यार्थीलाई छात्रवृत्तिबाहेक विभिन्न संस्थाहरूले पढाइका लागि प्रायोजन पनि गरिदिन्छ।

‘अन्य संस्थाको नियम र सर्तहरू अनुसार योग्य विद्यार्थीलाई प्रायोजन गरिदिन्छौं,’ सिंहले भने, ‘यसले विद्यार्थीलाई पढाइमा सहयोगसँगै रोजगार बजारमा पुग्न मद्दत गर्छ।’

यहाँबाट इञ्जिनियरिङ सकेका विद्यार्थीहरू निजी र सरकारी दुवै क्षेत्रमा पुगेका छन्। पढाइ सकेर अमेरिका, अस्ट्रेलिया, दुबई, कतार लगायत विदेशी मुलुकमा पुगेर काम गरिरको पनि उदाहरण थुप्रै छन्। 

त्यसैकारण जेइसीले यही वर्षदेखि आफ्ना भूतपूर्व विद्यार्थीसँग सम्पर्कमा रहने उद्देश्यले ‘भूतपूर्व विद्यार्थी संगठन’ सुरू गर्ने योजना बनाएको छ। एक-अर्कासँग सम्पर्क रहे विद्यार्थीलाई रोजगार बजारसम्म पुर्‍यान मद्दत गर्न सक्नेमा कलेज विश्वास राख्छ। 

‘प्रायः विद्यार्थीहरू स्नातक सकेको प्रमाण-पत्र लिएपछि कलेजसँग सम्पर्कमा रहँदैनन्। तर जेइसीले यही शैक्षिक शत्रदेखि भूतपूर्व विद्यार्थीसँग पनि सम्पर्कमा रहने योजना बनाएको हो,’ सिंहले भने। 

आउँदो शैक्षिक शत्रमा कलेजले विद्यार्थीहरूलाई बैंकहरूबाट शैक्षिक ऋण लिन पनि सहयोग पुर्‍याउने योजना ल्याएको छ।

इञ्जिनियरिङको भर्ना विभिन्न कलेजहरूमा खुलिसकेको छ। वैशाखदेखि नयाँ शत्र पनि सुरू हुन्छ। जेइसीमा पनि केही सिट खाली छन्। कलेजले चैत अन्तिमसम्म नयाँ भर्ना लिँदैछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here