‘सेकेन्ड ह्यान्ड’ लुगाको पसल चलाउँदै १७ वर्षीया मानवी

सपिङ रूचाउने जमातको दराजमा कपडाको थुप्रो नै हुन्छ। उनीहरू बजारमा आएका नयाँ डिजाइनका कपडा किन्छन्। ट्रेन्ड रहुन्जेल लगाउँछन्। अनि नयाँ ट्रेन्ड सुरू भएसँगै पुराना लुगा थन्क्याउँछन्।

0

सपिङ रूचाउने जमातको दराजमा कपडाको थुप्रो नै हुन्छ। उनीहरू बजारमा आएका नयाँ डिजाइनका कपडा किन्छन्। ट्रेन्ड रहुन्जेल लगाउँछन्। अनि नयाँ ट्रेन्ड सुरू भएसँगै पुराना लुगा थन्क्याउँछन्। युवा पुस्तामा यो चलन झनै बढी छ।गर्दै आएकी मानवीले भनिन्।१७ वर्षीया मानवी सुब्बालाई पनि सपिङ निकै मनपर्ने। सानैदेखि ट्रेन्ड भएका लुगा लगाउने रहर गर्थिन्। लुगा थुप्रिँदै गएपछि हरेक पटक दराजमा मिलाउँदै गर्दा उनी सोच्थिन्- ‘थ्रिफ्ट स्टोर’ खोल्न पाए हुन्थ्यो! ‘लुगा किन्ने तर कतिपय लगाउन नपाउँदै सानो हुन थाल्यो।

ती कपडा व्यवस्थित गर्ने सोचमा थ्रिफ्ट स्टोरको अवधारणा विकास भएको हो,’ झन्डै नौ महिनादेखि ‘लुगा फर लेस’ नामक थ्रिफ्ट स्टोर सञ्चालन गर्दै आएकी मानवीले भनिन्। गर्दै आएकी मानवीले भनिन्।‘थ्रिफ्ट स्टोर’ अर्थात् त्यस्तो पसल जहाँ बजार मूल्यभन्दा कम मूल्यमा सामग्री किनबेच गर्न सकिन्छ, विशेषगरी प्रयोग भइसकेका सामान। मानवीको थ्रिफ्ट स्टोरमा पनि पूर्णतया नयाँ र प्रयोग भइसकेका कपडा, जुत्ता, झोला साथै अन्य सामान सस्तोमा किनबेच गर्न सकिन्छ।


यसलाई सामान्य भाषामा ‘सेकेन्ड ह्यान्ड’ लुगा-सामानको बजार भनेर बुझिन्छ। लुगा फर लेस सुरू गर्दा मानवीलाई साथी सर्वाणी मानन्धरले सघाएकी थिइन्। उनीहरूले घरमा कसैलाई नभनी आफ्नै हिसाबमा यो व्यवसाय सुरू गरेका थिए। आफूलाई ठीक नहुने र नलगाउने लुगाको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै काम थाले। कारणवश सर्वाणीले यसमा निरन्तरता दिन सकिनन्। अहिले यसको सम्पूर्ण जिम्मेवारी मानवी एक्लैले सम्हालिरहेकी छन्।


मानवीलाई बजार विस्तारमा अरू साथीहरूले मद्दत गर्दैछन्। तर सुरूका दिनमा उनका साथीसंगी र अरूले समेत ‘यो राम्रो आइडिया होइन कि!’ भन्दै शंका गरेका थिए। ‘व्यवसाय सुरू गर्नुअघि लगाइसकेको लुगा कसले किन्छ भन्ने खालका प्रतिक्रिया पाएकी थिएँ,’ युलेन्स स्कुलमा कक्षा १२ अध्ययनरत मानवीले भनिन्। मानवीका अनुसार थ्रिफ्ट अवधारणाबारे नेपालीहरूमा गलत बुझाइ भएकै कारण बजार विस्तार गर्न हम्मे परेको हो। यद्यपि अहिले सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछिन्, ‘अहिले बजारमा थुप्रै थ्रिफ्ट स्टोर छन्। यसबारे दृष्टिकोण फेरिँदैछ। म आफैं पनि अरू थ्रिफ्ट स्टोरबाट सपिङ गर्छु।’


उनी लुगा-सामानको स्थिति र गुणस्तर अनुसार मूल्य तोक्छिन्। पुराना, च्यातिएका, मैला सामान राख्दिनन्। सकेसम्म कम प्रयोग भएको र राम्रो अवस्थाको सामान उनको रोजाइमा पर्छ। अरूले बेच्ने लुगा-सामानमा पनि यही लागू हुन्छ। अरू कसैका सामान बेच्न राख्दा भने आफूलाई १५ प्रतिशत कमिसन लिन्छिन्। त्यस्तै यहाँबाट किनिएका सामान फिर्ता वा परिवर्तन गर्न, अर्डर रद्द गर्न मिल्दैन। लुगा फर लेसको डेलिभरीका लागि मानवीले गुडविल लजिस्टिकसँग सहकार्य गरेकी छन्। उपत्यकाभित्र र बाहिर दुवैमा उनीहरूले डेलिभरी सेवा पुर्‍याइरहेका छन्।


मानवीको यो स्टोरबाट अहिलेसम्म दुई सय बढी सामग्री बिकिसकेको छ। तीमध्ये मिस नेपाल-२०२० नम्रता श्रेष्ठले समेत आफ्नो थ्रिफ्ट स्टोरबाट लुगा किनेको उनले सुनाइन्। ‘त्यतिन्जेल मिस नेपालको घोषण भइसकेको थिएन। भाइटीकाको दिन थियो। उहाँले मगाउनुभएको लुगा म आफैंले डेलिभर गरेकी थिएँ। त्यो लुगा लिभोनको कार्यक्रममा लगाउनुभएछ। उहाँलाई मिस नेपाल घोषणा भएपछि बल्ल चिनेँ,’ मानवीले भनिन्।


यस्ता स-साना कुरा र ग्राहक प्रतिक्रियाबाट मिलेको खुसीले मानवीलाई हौस्याएको छ। पहिले घरमा चालै नदिई सुरू गरेको व्यवसायबारे अहिले सबैलाई थाहा भइसक्यो।‘मैले थ्रिफ्ट स्टोर सुरू गरेको छु भन्ने घरमा आफैं थाहा पाउनुभयो। राम्रो गरिरहेकी छौ भन्नुहुन्छ,’ गरिरहेको व्यवसायमा पारिवारिक समर्थन मिलेकोबारे भनिन्। मानवी बैंककमा जन्मेकी हुन्। उनको परिवार काम विशेषले उतै थिए। मानवी ६ वर्षकी हुँदा भाइ जन्मेपछि उनीहरू परिवारै नेपाल फर्केका हुन्।
लकडाउनमा उनी घरमै रहेका बेला लुगा फर लेस सुरू भएको हो।

त्यो बेला कलेज जान पर्थेन, उनलाई फुर्सदै थियो। अहिले कलेज जानुपरेसँगै व्यवसायमा केही असहज र समय व्यवस्थापनमा चुनौती थपिएको महशुस गर्दैछिन् उनी।मानवी कहिलेकाहीँ आफूसँगैका साथीसँग सकारात्मक किसिमले तुलना गर्छिन्। यस्तोमा कसैलाई नहोच्याइ आफैंमाथि गर्व महशुस गर्ने बताउँछिन्। वातावरण विज्ञानकी विद्यार्थी मानवी कपडा र फेसन क्षेत्रबाट निस्कने फोहोरबारे सचेत छिन्। त्यसैले पनि पुराना कपडा पुनः प्रयोगमा ल्याउन सकिने अवधारणामा अडिग रहेको उनको भनाइ छ।


मानवीले भविष्यमा लुगा फर लेसलाई निरन्तरता दिने योजना बनाएकी छन्। फेसनसम्बन्धी विशेष रूचि भएकाले भविष्यमा फेसन पढ्ने योजना पनि छ उनको। ‘थ्रिफ्ट स्टोर सञ्चालन गर्ने सोचेकी छु। आफ्नो सामग्री बेच्न चाहने अरू बिक्रेतालाई पनि ठूलो प्लेटफर्म दिने मेरो योजना हो,’ उनी भन्छिन्, ‘यसो गर्दा कपडाबाट निस्कने फोहोर कम हुन्छ। साथै सस्तो मूल्यमा कपडा किन्न तथा बेच्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here