नेकपा एमालेको संसदीय दलको बैठक,वामदेव पनि सहभागी

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले बताए।

0

नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले बताए।

यसअघि गौतम ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्।  

यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने उनले जानकारी दिए।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्।

बैठकमा नेपाल- खनाल समूह भने अनुपस्थित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here