बालाजु बाइपास सडकमा सहमति बेगर कालोपत्रे गरेको भन्दै विरोध प्रदर्शन

बालाजु बाइपास सडकमा गैरन्यायिक सडक विस्तार पीडितले विरोध प्रदर्शन गरेका छन्।

0

बालाजु बाइपास सडकमा गैरन्यायिक सडक विस्तार पीडितले विरोध प्रदर्शन गरेका छन्।

शनिबार बिहान ९ बजेदेखि एक घण्टासम्म विरोध प्रदर्शन गरेको स्थानीय तथा पीडित भीमदेव श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

अहिले बाइपास सडकमा विवादका बाबजुद कालोपत्रे गरिसकेको छ। पीडितहरूको सहमति बेगर कालोपत्रे गरेको भन्दै उनीहरूले शान्तिपूर्ण तरिकाले प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

‘हामीले आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्‍यौं। यो मुद्दा सर्वोच्चमा विचाराधीन छ। छलफलबाट टुंगो नलागुञ्जेल अदालतले काम नगर्नू भनेको छ। आउँदो २२ गते यसको पेशी पनि छ,’ श्रेष्ठले भने, ‘तर जबरजस्ती पिच गरिसकेका छन्। हामीले अवरोध गर्‍यौं भने धरपकड गरेर प्रहरीले नियन्त्रणमा लिन्छ।’

बालाजु बाइपासमा सरकारले सडक विस्तार गर्दा आफ्ना घर–जग्गा मिचेको भन्दै स्थानीयहरू सात वर्षदेखि आन्दोलित छन्। सडक विस्तार गर्दा दुबैतर्फ ७–७ मिटर गर्न पर्नेमा एकातर्फ मात्रै डोजर चलाइएको छ।

सर्वोच्चले ‘स्टे अर्डर’ दिएको भए पनि ३९ परिवारले आफ्नो घर गुमाए। स्थानीयले जग्गा भोगचलन र तिरो तिरेको कागजपत्र देखाएर आफ्नो हकदाबी गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here