शरीरमा अक्सिजन स्तरलाई नियन्त्रण गर्न मद्यतकारी सरल आसनहरु

यी आसनले अक्सिजनको स्तर नियन्त्रण गर्नमा पनि मद्यतकारी हुने योगविद्को भनाई छ ।

0

काठमाडौँ । कोरोनाकालको यो विषम अवस्थामा हामी बाहिर व्यायाम गर्न जान सकिरहेका छैनन् । यस्तो बन्दाबन्दीको अवस्थामा आफ्नो श्वास प्रणाली र फोक्सोलाई स्वस्थ राख्नको लागि योगका केहि आसनहरु मद्यतकारी हुन सक्छन् । यी आसनले अक्सिजनको स्तर नियन्त्रण गर्नमा पनि मद्यतकारी हुने योगविद्को भनाई छ ।

ताडासन

जब तपाईं आफ्नो खुट्टाको  पैताला टेक्नुहुन्छ र हातलाई शिर माथि तन्काउनुहुन्छ भने रेस्पिरेटरी सिस्टममा अक्सिजनको लागि धेरै स्थान बन्दछ । यसले फोक्सोको क्षमता बढाउँछ ।

बलासन

जमिनमा बसेर हातलाई जमिनमा दवाव दिने । यसले ब्रिदिंग पेटर्नसलाई नियमित गर्दछ । फोक्सोमा अक्सिजन बढाउँछ र रगतमा पनि अक्सिजन पुर्याउँदछ ।

मत्स्यासन

पल्याँटी बसेर उत्तानो परि शिरलाई जमिनमा टिकाउनु । यसो गर्दा फोक्सोमा अक्सिजनको लागि धेरै ठाउँ हुन्छ ।

त्रिकोणासन

सिधा उभिएर गहिरो श्वास लिनुहोस् । विस्तारै विस्तारै छाड्दै एक हात खुट्टापट्टि लैजानुहोस र अर्को हात आकासतर्फ लैजानुहोस् । यसले पेटको बाहिरी मसल्सलाई राम्रो बनाउँछ । श्वासन प्रक्रिया उत्कृष्ट बनाउँछ । 

वृक्षासन

यो आसनमा खुट्टा सिधा पारी उभिन र हातलाई जोड्दै नमस्कार गर्ने । यो अवस्थामा गहिरो सास लिँदै सामान्य अवस्थामा फर्कने समय सास छोड्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here