अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने

सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

0

काठमाडौंँ । सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ  र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् । 

‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ उनले अगाडि लेखेकी छन् ‘दिनहु दुई पटक बाफ लिने गरौ ँ ।’ अभिनेत्री करिश्माले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here