‘भ्वाइस अफ नेपालको सिजन-३’ को कोच बाट आस्था आउट, मेलिना इन्

0

‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन-२ को घोषणा भयो, एकाएक यो शो विवादमा तानियो।

‘सरप्राइज’सहित घोषणा भएको सिजन-२ मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत ‘इन’ भए, पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहे।

अहिले सिजन ३ को तयारी भइरहँदा पनि सो विवादमा तानिएको छ । अहिले सोबाट आस्था राउत आउट भएकी छन् । सिजन २ चलिरहँदा “म भ्वाइसको कोच हुँ, त डण्ठे” भनेर प्रहरीलाई गरेको गाली खुब भाइरल भएको थियो । त्यतिबेला नै उनलाई निकाल्ने गाइगुई हल्ला चलेको थियो।

अहिले मेलिना राई इन भएकी छिन् । आस्थालाई निकालेर मेलिनालाई राखेको भनेर बजारमा हल्ला चल्न थालेको छ तर एक टेलिभिजनमा अन्तर्वार्ता दिदै आस्थाले कोरोनाको कारणले आफुले समय दिन नसकेको बताएको छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here